सरकार विरुद्ध कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)

नयाँ बुलन्द

इलाम : वर्तमान सरकारको विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारे देशैभर विरोध प्रदर्शन गरको छ । सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशभर एकैसाथ विरोध प्रदर्शन गरेको हो ।

यसै क्रममा नेपाली कांग्रेस इलामले सदरमुकाम विरोध प्रदर्शन गरेको छ । इलामको ठूलो टुँडीखेलबाट सरकार विरुद्ध चर्को नाराबाजी गर्दै निस्किएको जुलुश इलाम बजार परिक्रमा गर्दै चोकबजारमा आएर कोणसभामा परिणत थियो ।

विरोध प्रदर्शनमा डा.गोविन्द केसीसँग भएको सहमति अक्षरस कार्यन्यन गर्न दवाव, संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख पदमा भागवण्डा, मुल्यवृद्धि नियन्त्रण लगायत विभिन्न १५ बुँदे मागमा सरकारलाई दवाव दिन बिभिन्न नारा लेखेका प्लेकार्ड बोकिएको थियो । हो ।

सञ्चार माध्यममा बढेको हस्तक्षेप, त्रिवि र संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई गरिएको दुव्र्यवहार तथा सरकारका पछिल्ला कामकारवाही अधिनायकवाद उन्मुख हुँदै गएको कंग्रेसले आरोप लगाएको छ ।

सबै तस्विर : राम योङहाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार