त्रिशूली नदीमा बस खस्यो, पाँचजनाको मृत्यु

चितवन : काठमाडौंबाट पोखरा जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ ।

ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको हो । विपरीत दिशाबाट आएको ना५ख ७४०९ नम्बरको ट्रकले ठक्कर दिँदा बस सडकबाट करिब १०० मिटर तल खसेको हो ।

बसमा करिब ३० यात्री सवार रहेको बताइएको छ । घाइते २२ जनालाई उद्धार गरी उपचारका लागि भरतपुर लगिएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । उद्धार गरिएकामध्ये सातजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।imagekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार