थाइल्याण्डका स्वास्थ्य र शिक्षामन्त्रीसँग उपेन्द्र यादवकाे भेटघाट

नयाँ बुलन्द

थाइल्याण्ड : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले थाइल्याण्डका स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीसँग भेटघाट गरेका छन् । तीनदिने थाइल्याण्ड भ्रमणका क्रममा उनले थाल्याण्डका स्वास्थ्यमन्त्री पियसाकोल साकोल्सातयादन र शिक्षामन्त्री अदम काचिन्तोनसँग भेटघाट गरेका हुन् ।

भेटघाटको क्रममा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको मन्त्री यादवका स्वकीय अधिकृत लाक्पा शेर्पाले बताए । थाइल्याण्डको स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटमा यादवले नेपाल र थाइल्याण्डबीचको सम्बन्धमा राजा जनक, लुम्बिनी र भगवान गौतम बुद्धको प्रसंक निकालेका थिए । थाइल्याण्डा स्वास्थ्यमन्त्रीले भने नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

यसैगरी त्यहाँका शिक्षामन्त्रीले नेपालका रहेक विश्वविद्यालयलाई हरेक विषयमा सहयोग गर्न तयार रहेको बताए । बरु दुवै देशले संयुक्त सहकार्य कहिलेदेखि गर्ने हो चाडै मिति तोक्नुपर्ने उनले बताएका थिए । यादवले थाइल्याण्डको महिडोल विश्वविद्यालयका डीन तथा फेकल्टी मेम्बरहरुसँग छुट्टाछुट्टै भेटघाट गरेको यादवका स्वकीय अधिकृत शेर्पाले जानकारी दिए । यादव भोलि ११ गते नेपाल फर्कनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार