आज गुरु पूर्णिमा

काठमाडौं :आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेद व्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

संस्कृतमा ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ चिर्ने भन्ने हुन्छ । आजकल खेलकुद, संगीत, चित्रकला, कला लगायत अन्य व्यवसायिक क्षेत्रमा पनि मार्गदर्शकलाई गुरु सम्झेर सम्मान गरिन्छ ।

सन्ध्या आरतीको मन्त्रदान गर्ने गुरुआमा र चूडाकर्ममा गायत्री मन्त्र दान गर्ने गुरुलाई तागाधारीहरुले महत्वका साथ यो दिन गुरु पूजन वा गुरु स्मृति गर्छन् । गुरुलाई आमाबुवा सरह मान्ने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार