प्रसस्त पानी नहुँदा धनकुटामा ३० प्रतिशत मात्र रोपाइ

साउन : असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिशत मात्र रोपाइ भएको छ ।

आकाशे पानीको भरमा रोपाइ हुने क्षेत्रमा प्रसस्त पानी नहुँदा कृषकहरु मारमा परेका छन् । सिंचित तथा दुई बाली लाग्ने क्षेत्रमा साउनको पहिलो साताबाट रोपाइ हुने भएकाले असार महिनाको शुरुमा खासै रोपाइ हुन नसकेको जिल्ला कृषि कार्यालय प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिए ।धनकुटामा भदौको पहिलो सातासम्म रोपाइ हुने गरेको छ ।

धनकुटाको सान्ने, कुरुले, लेगुवा, परेवादीन, बेलाहारा, भिरगाउँ बसन्तटार लगायतको क्षेत्रमा बढी मात्रामा धान खेती हुने गरेको छ ।जिल्लामा कुल सात हजार आठ सय बीस हेक्टर क्षेत्रफलमा खेत धान खेतीको लागि उपयुक्त रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार