घुससहित यादव पक्राउ

कैलाली : कैलालीमा संचालित प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका प्रमुख रामानन्दन यादवलाई घुससहित पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो । कैलारी गाउँपालिका–८, स्थित परियोजना कार्यालयबाट २५ हजार रुपैयाँ घुससहित यादवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

पत्रकार सुशील ढुंगानाबाट डकुमेन्ट्री निर्माण बापतको ५० हजार रुपैयाँबाट २५ हजार घुस मागेको सूचना आएपछि नगदसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रवक्ता खिमानन्द पाठकको नेतृत्वको टोलीले यादवलाई पक्राउ हो । उनलाई अख्तियारको कार्यालय महेन्द्रनगर लगिएको छ ।

आयोगका प्रमुख ढकालले यादवलाई थप कारबाहीका लागि काठमाडौं पठाइने बताए । प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तर्गत किसानलाई सहुलियत दरमा वितरण गरिने कृषि उपकरण खरिदमा पनि यादवले अनियमिमता गरेको आरोप लगाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार