प्रदेशस्तरीय युवा महोत्सवमा १५ लाख ६८ हजार १२८ रुपैयाँ खर्च

इलाम : जिल्ला युवा समितिको कार्यालय इलामले गत असार १४ देखि १६ गतेसम्म इलाम सदरमुकाममा आयोजना गरेको प्रदेशस्तरीय युवा महोत्सवमा १५ लाख ६८ हजार १२८ रुपैयाँ खर्च भएको छ । युवा समितिले आइतबार आयोजना गरेको

आयब्यय सार्वजनिक कार्यक्रममा उक्त खर्च भएको जानकारी दिइएको हो ।
समितिले पहिलोपटक इलाममा प्रदेश स्तरीय तीनदिने युवा महोत्सव आयोजना गरेको थियो । उक्त महोत्सवका लागि राष्ट्रिय युवा परिषद्ले पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्योदेखि बाहेक इलाम नगरपालिकाले एक लाख ३६ हजार, चुलाचुली गाउँपालिकाले ५० हजार, निर्माण कम्पनीहरुबाट ६० हजार रुपैयाँ नगद सहयोग भएको थियो । त्यसैगरि घरेलु तथा साना उद्योग विकास समितिले सात वटा स्टलका लागि ३० हजार, अरु स्टलहरुका लागि प्राप्त रकम २२ हजार, महोत्सवमा आएका कर्णदासको एकल साँझ सञ्चालनका लागि भरोसा नेपालले उपलब्ध गराएको ६५ हजार र नेपाल टेलिकमबाट २० हजार रुपैयाँ प्राप्त भएको थियो ।

त्यसैगरि मानव अधिकार मञ्च नेपालबाट १५ हजार, जागृति नेपालबाट १३ हजार ९५५ रुपैयाँ, इलाम टेक्निकल इन्स्टिच्यूटबाट १० हजार रुपैयाँ पनि नगद प्राप्त भएको कार्यक्रममा जानकारी दिइयो ।

महोत्सवमा भएको खर्चमध्ये कार्यक्रमस्थलमा हलभाडा ३० हजार, झापाबाट ल्याइएको नेशनल साउण्ड सिस्टमलाई एक लाख, सवारी साधनका लागि २७ हजार ४०० रुपैयाँ, खाना तथा आवासका लागि तीन लाख १४ हजार ९५ रुपैयाँ खर्च भएको जनाइएको छ । महोत्सवमा कलाकारको पारिश्रमिक र यातायात खर्चमा दुई लाख ७२ हजार एक सय, स्टल एवम् गेटहरुको निर्माणमा एक लाख ८० हजार, रेडियो पत्रपत्रिका र अनलाइनमार्पmत प्रचारप्रसार र लाइभमा ७४ हजार, प्mलेक्स, सामग्री छपाइमा ८३ हजार ३३५ रुपैयाँ, चिया नास्तामा ७० हजार ५८५ रुपैयाँ खर्च भएको छ । त्यसैगरि मायाको चिनोको लागि ४६ हजार, तोरण पेपरका लागि ४५ हजार ९०० रुपैयाँ, टिसर्ट निर्माणमा ६० हजार ३५० रुपैयाँ, पूmलमाला सजावटमा १५ हजार १०५ रुपैयाँ, सम्मानप र दोसल्लामा २२ हजार ५८० रुपैयाँ, विविध खर्चमा ७५ हजार १७८ रुपैयाँ, साँस्कृतिक झाँकी ब्यवस्थापनमा ६५ हजार तथा पुरस्कारमा ३७ हजार ५०० रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।
महोत्सवको खर्च भएअनुसार हालसम्म आम्दानी नभएपनि प्रदेश सरकार तथा इलामका अन्य स्थानीय तहबाट प्राप्त हुन बाँकी रकम छ लाख ४६ हजार १७३ रुपैयाँ भएकोले उक्त रकमले खर्च धान्ने समितिका अध्यक्ष नवराज शङ्करले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार