फ्रान्स बन्यो विश्व विजेताः फाईनलमा क्रोएसिया फ्रान्ससँग पराजित

रुसमा सम्पन्न  भएको यो सिजनको विश्वकप फुटवलको उपाधी फ्रान्सले हात पारेको छ । आज भएको फाईनल भिडन्तमा क्रोएसियालाई पाखा लगाउँदै फ्रान्सले विश्वकपको उपाधीमाथी कब्जा जमाएको हो ।फ्रान्सले क्रोएसियालाई २  का विरुद्ध ४ गोलले पराजित गरेको हो ।

फ्रान्सका लागि एन्टोनी ग्रिजम्यान, पउल पोग्वा र केलियन एमबाप्पेले एक एक गोल गर्न सफल भए । त्यस्तै फ्रान्सको खेलमा अग्रता भने क्रोएसियाले दिएको उपहार गोलबाट लिएको थियो । फ्रान्सले क्रोएसियाविरुद्ध १८, ३८, ५९ र ६५ मिनेटमा गोल गरेको हो ।

क्रोएसिायले भने जम्मा दुइ गोल गर्न सफल भयो । क्रोएसियाले खेलको २८ र ६९ औं मिनेटमा गोल गरेको हो ।

सन् १९९८ को विश्वकपमा क्रोएसियाले क्वाटरफाइनलमा जर्मनीलाई ३–० ले हराएको थियो । यो विश्वकपमा उसले समूह चरणमा अर्जेन्टिनामाथी ३–० कै जित निकाले पनि फाईनल भिडन्तमा फ्रान्ससँग पराजित भएको छ । युवा खेलाडीको उत्कृष्ट लयले फ्रान्स योसँगै दोस्रो पटक विश्वकपको उपाधी हात पारेको छ ।

यसअघिका खेलमा भने क्रोएसियाले उत्कृष्ट प्रदर्शन गरेको थियो । फ्रान्सका लागि पनि २० वर्षअघि र अहिलेको विश्वकप केही हदसम्म समान भन्दै विश्लेषण गरिएको थियो  । उपाधी दाबेदार मानिएका टिमहरु बाहिरएका यो विश्वकपमा फ्रान्स विजयी भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार