धजे डाँडामा रहेको नेपाल टेलीकमको मोबाइलको टावर सञ्चालनमा

गोबिन्द पौडेल

रोङ : रोङ ६ को धजे डाँडामा रहेको नेपाल टेलीकमको मोबाइलको टावर सञ्चालनमा आउने भएको छ ।

बिद्युत अभाबमा सञ्चालनमा आउन नसकेको टावर अब चाढै सञ्चालनमा आउने भएको हो । गत एक बर्ष अघिनै निमार्ण सकिएको सो टावर बिधुत नहुदा संचालनमा आएको थिएन । बिद्युत बिस्तारको क्रममा ६ नम्बर वडामा १०० के भि क्षमताको एउटा र २५ केभी क्षमताको २ वटा ट्रान्समिटर राखेर बिद्युत बितरणको तयारी भएको हो ।

साबिक जिर्मलेको वडा नम्बर १, २, ३, ६, ७ र ८ नम्बर वडामा बिद्युत बिस्तार गर्ने काम भइरहेको वडा अध्यक्ष सुवास तामाङले बताउनु भयो । यसै क्रममा मोबाइलको टावरमा पनि बिद्युत पुगेकाले टावर सञ्चालनमा आउन लागेको हो ।

मोबाइल को टावर सञ्चालनमा आएपछि रोङ ५ र ६ का झापा र सुनपा सहित सिमापारीका बासिन्दालाई सञ्चार सुबिधा पुग्नेभएकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार