हिलाम्मे सडक स्थानियलाई सास्ती

सुर्योदय : इलामको सुर्योदय नगरपालिकाबाट माइजोगमाई गाँउपालिका जोडने फिक्कल– नयाँबजार सडक खण्ड हिलाम्मे भएपछि स्थानियले सास्ती खप्नुपरेको छ ।

बर्षायाम सुरु भएसंगै सो सडक खण्डमा सवारी आवागमनमा अवरोध हुने गरेको छ । डेनमार्क सरकारको उन्नती परियोजना अन्र्ततग १९ करोड बढीको लागतमा निर्माण सुरु भएको सो सडकको सम्झौता अवधी सम्पन्न भएपछि निर्माण कार्य नसकिँदा सडक हिलाम्मे छ ।

हिउँद बर्खा नै चल्ने गरी सडक स्तरउन्नती हुन नसक्दा यहाँका स्थानियबासिन्दा मात्र हैन सवै क्षेत्रमा उत्तिकै असर पर्ने गरेको छ । भारतिय सिमासंग जोडिएका स्थानिय तहका बासिन्दा पनि उत्तिकै प्रभावित छन् । नयाँबजार र आसपसका बासिन्दाहरुको मुख्य बजार फिक्कल जोडने सडक बर्षाका कारण दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने ट्रक र ट्याक्टरसमेत चल्न कठिन भएपछि लाखौ मुल्य बरावरको कृषिजन्य उत्पादन बारीमै कुहिन थालेको स्थानिय माइजोगमाइका भानु कार्की बताउनुहुन्छ ।

घाम लागेको बेला एकाध सवारीका साधन चल्ने गरे पनि यात्रुलाई सेवा दिने र उपभोग्य सामाग्री नियमित ढुवानी गर्ने साधन चलेका छैनन् । केहि दिनयता परेको अविरल वर्षाका कारणसडक खण्डका विभिन्न स्थानमा गाडी चल्न नसक्ने गरी सडक क्षतिग्रस्त भएको छ । नयाँबजार वाट फिक्कलसम्म करिव १९ किलोमिटर दुरीमा पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार