लोकेन थेवे
माईजोगमाई : रुसमा जारी विश्वकप २०१८ को २१ औं दिन बितिसक्दा २४ देश रुसबाट घर फर्केका छ्न् । बाँकी ८ देश रहेको छ । अब क्वाटरफाइनल, सेमिफाइनलमा र फाइनल मात्र खेल्न बाँकी छ ।
रुसमा रहन्ने देश हरु पोल ए मा फ्रान्स, उरुवे, ब्राजिल र बेल्जियम रहेको छ । यता पोल बी मा आयोजक रुस, क्रोयसिया, स्वीडेन र इङ्ल्याण्ड रहेको छ ।
शुक्रवारदेखि सुरु हुने क्वाटरफाइनल खेलमा पोल ए मा फ्रान्सले उरुवेसँग खेल्नेछ भने ब्राजिल र बेल्जियम आम्नेसाम्ने हुँदा पोल बी मा आयोजक रुस र क्रोएसीया साथै स्वीडेन र इङल्याण्ड खेल्ने छ । विश्वकप सुरु हुन १ महिना अगाडि यय पटकको उपाधिको दाबेदारी मानिएको जर्मनी लिग चरणबाटै घर फर्कन्नु पर्यो भने पोर्चुगल, अर्जेन्टिना र स्पेन पनि क्वाटरफाइनल अगाडि नै घर फिर्नु पर्यो ।
त्यसैले पनि यो पटक कुन देशको पोल्टामा उपाधी पर्ने हो अहिले नै ठम्याउन गाह्रो छ । किनभने विश्वकप हुन अगाडि रुसलाई आयोजकको नाताले मात्र अवसर पाएको र सबै भन्दा कमजोर टिम आँक्दा समूह चरणमा २ जित १ हार निकाल्दै अघिलो चरणमा पुग्यो । विश्वकप उपाधिको बलियो देश मानिएको स्पेनलाई त प्रीक्वाटरमा हराएर क्वाटरफाइनलमा पुग्यो ।
क्रोएसियाले पनि राम्रो लय समातेर खेलिरहेको छ । त्यसैले अनुमान गर्न गाह्रो छ । फ्रान्सले अर्जेन्टिनालाई र ब्राजिलले मेक्सिकोलाई उरुवेले पोर्चुगललाई बेल्जियमले जापानलाई हराएर क्वाटरफाइनलमा आफुलाई सुरक्षित गरेको हो ।
उता आयोजक रुसले स्पेन, क्रोएसीयाले डेनमार्क, स्वीडेनले स्वीजरल्याण्ड र इङल्याण्डले कोलम्बियालाई हराएर क्वाटरफाइनल पुगेको हो ।
एसिया महादेसबाट ४ देशको सहभागिता रहेतापनि जापान मात्र दोस्रो चरणसम्म पुग्न सक्यो । दक्षिण कोरियाले लिगमा दुई हार र एक जित लिकाल्यो डिफेन्डिङ जर्मनीलाई हराएर पहिलो चरणबाट घर फर्काएको थियो । इरानले एक जित एक हार र एक बराबरी खेलेर रुसबाट बिदै भए त्यस्तै साउदी अरबले ३ खेलमा जित निकाल्न सकेन । जापान एक जित एक बराबरी एक हार भएर समुहको उपजिजेता बनेर अघिल्लो चरण सम्म पुग्यो ।
एसिया महादेशले विश्वकप जित्नु असम्भव देखिएपनि जर्मनी र कोलम्बिया जस्तो फुटबलको महारथी देशहरुलाई हराएर आगामी विश्वकप एसिया महादेशले पनि जित्न सक्ने खुबी दिइसकेको छ ।
शुक्रबारदेखि हुने क्वाटरफाइनलमा पोल ए को फ्रान्स र उरुवे पाउने ८ बजे र ब्राजिल र बेल्जियम पाउने १२ बजे हुने छ । त्यस्तै शनिबार २३ गते पोल बी को रुस क्रोएसीया र स्वीडेन र इङल्याड पौने १२ बजे हुने छ ।
पुन २ दिन विश्राम दिएपछि पहिलो सेमिफाइनल पोल ए को २६ गते पौने ८ बजे र २७ गते पोल बी को सेमिफाइनल हुने छ । असार ३१ गते बेलुका ८:४५ बजे फाइनल हुने छ ।