दुई युवा कृषि समुहलाई हाते ट्राकटर(पावर टेलर )वितरण

अशोक लिम्बु

सुर्योदय नगरपालिका :-   सूर्योदय न पा वडा १० को आयोजनामा वडाका दुई युवा कृषि समुहलाई हाते ट्राकटर(पावर टेलर )वितरण गरिएको छ ।

सुर्योदय नगरपालिकाको चालु आ.व. २०७४/०७५ मा बिनियोजित युवा बर्गलाइ लक्षित गरि उक्त कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष पेमा उगेन लामाले बताए। वडा अध्यक्ष  लामाको अध्यक्षता र नगरपालिका प्रमुख मेयर रण बहादुर राइको प्रमुख आथित्य नगर उप-प्रमुख दुर्गा देबि भट्टराईको बिशेष आथित्यमा संचालित कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष देबेन्द्र शर्मा, वडा नम्बर ७ का अध्यक्ष लेखनाथ बस्नेत र वडा नम्बर ६ का वडा अध्यक्ष शिब कुर बस्नेत लगायतको आथित्यमा संचालित कार्यक्रम मा सुनपा १० का दुई वटा टोल बिकास संस्थालाइ दुइ वटा हाते ट्याक्टर क्रमश नगर प्रमुख रण बहादु राइ र उप-प्रमुख दुर्गा देबि भट्टराई द्वारा बितरण गरिएको थियो।

साथै उक्त अवसरमा करुणा फाउन्डेसन नेपालको सहयोगमा जेष्ठ नगरीक तथा अपाङ्गता भएकाहरुलाइ चस्मा र कान नसुन्नेलाइ ध्वनि श्रवण यन्त्र बितरण गरिएको थियो कार्यक्रममा नगर प्रमुख, उप-प्रमुख, अतिथी बुद्धिजीवी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन वडा का सचिव किशोर कुमार अधिकारीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार