नगरपालिका तेश्रो नगरसभा :नगरपालिकामा ८० करोडको बजेट

इलाम: बिहीबार शुरु भएको इलाम नगरपालिकाको तेश्रो नगरसभामा आइतबार इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले ब्यवस्था गरेअनुसार स्थानीय तहको बजेट असार १० गते भित्रमा पेश गरिसक्नुपर्ने ब्यवस्था भए अनुरुप इलाम नगरपालिकाको बार्षिक बजेट आइतबार नगर सभा समक्ष इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङ्गले प्रस्तुत गरेकी हुन् । नगरसभामा प्रस्तुत गरिएको बजेटमा सोमबार छलफल हुने भएको छ ।

विनियोजित बजेटको चालु खर्चतर्फ १४ दशमलब ७८ प्रतिशत, सशर्त अनुदान खर्च ३५ दशमलब ०५ प्रतिशत, सामाजिक सुरक्षा भत्ता ७ दशमलब ५८ प्रतिशत, पूँजीगत खर्च ४२ दशमलब ५९ प्रतिशत रहेको छ ।

सभाले पारित गरेको छ । नीति तथा कार्यक्रममा इलाम नगरको सम्बृद्धिका लागि पर्यटन, कृषि र जलस्रोत क्षेत्रसँग सम्बन्धित विकास कार्यक्रम कार्यान्वय गरिने, राजश्व परिचालनका लागि करका दर भन्दा दायर फराकिलो पारिने उल्लेछ छ ।

त्यस्तै वातावरण र दिगो विकासलाई सुनिश्चित गर्न सफा वडा वातावरण पुरस्कार ब्यवस्था गरिने, वडा कार्यालय भवन वातावरण मैत्री, अपाङ्गता मैत्री बनाई संस्थागत संरचना तथा क्षमता विकास गर्ने, ग्रामीण क्षेत्र तथा आम महिलाहरुको स्वास्थ्य सवल बनाउने कुरामा उच्च प्राथमिकताका लागि स्वास्थ्य स्वयंसेविकाहरुको सेवा प्रवाह कार्यलाई प्रभावकारी बनाउने कुरा नीति तथा कार्यक्रममा छ ।

विकास निर्माणका हरेका कार्यमा जोखिम ब्यवस्थापन तथा न्यूनीकरण पक्षमा संवेदनशीलता अपनाउने, सार्वजनिक निजी साझेदारी अवधारणालाई नगरको पूर्वाधार निर्माण तथा अन्य विकास कार्यमा अवलम्बन गर्ने, महिला प्रजनन् स्वास्थ्यलाई शिशु स्याहार कार्यसँग आवद्ध गराई उपलब्ध प्रसुति सुविधा कार्यक्रमलाई निरन्तरता र न्यूनतम सुविधा रकममा वृद्धि गर्ने पनि नीति तथा कार्यक्रममा छ ।

त्यसैगरी दलित आवास कार्यक्रमलाई मूर्तरुप दिने, मजदुर बिमा कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक नमुना विद्यालय कार्यक्रम लाई निरन्तरता दिने, इलाम नगरपालिकालाई प्रविधि मैत्री बनाई मोवाइल एप्स बनाइ सेवा प्रवाह गरिने, इलाम अस्पतालको क्षमता विस्तार गरिने, आँखाको सेकेण्डरी अस्पताल स्थापना र हर्टिकल्चर विषयमा डिम विश्वविद्यालय स्थापनाको लागि सहकार्य र समन्वय गर्ने लगायतका नीति तथा कार्यक्रममा भएका विषयहरुलाई सम्बोधन हुने गरी बजेट प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार