इलममा नेविसंघले १२ मिनेट चक्का जाम गरी यातायात सेवा ठप्प(भिडियो सहित )

इलाम : सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघ इलामले इलाम सदमुकाममा चक्का जाम गरेको छ ।

गत दुई साता भन्दा अघि देखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले सदरमुकाम इलाममा आज दिउसो १२ बजे देखि बिच सडकमा बाइक राखेर १२ मिनेट सम्म चक्का जाम गरी यातायात सेवा ठप्प परेका हुन ।

देशव्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेविसंघले इलाममा पनि चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

केही दिन अघी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाई सकेको र आज १२ मिनेट चक्का जामको कार्यक्रम भएको हुँदा कार्यक्रम गरेको र आजको कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको नेविसंघ इलामका कार्याबाहक अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

पेट्रोलियम पदाथर्का साथै उपभोग्य बस्तुमा बढेको मुल्य वृद्धि तत्काल फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने नेविसंघले जनाएको छ ।

चक्का जामका करण इलामको बाटो प्रयोग गरेर लामो तथा छोटो दुरीका लागि यात्रारत यात्रु केहीबेर बिच बाटोमानै आलपत्र परेका थिए ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार