सोयाङमा प्रस्तावना लेखन सम्बन्धी दुई दिने तालिम सम्पन्न

सोयाङ : इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ५ सोयाङमा प्रस्तावना लेखन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद माइजोगमाई ५ को आयोजनामा तालिम गरिएको थियो ।

दुई दिन सम्म चलेको तालिम मा ४४ बढि आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो । समुदायमा आधारित प्रस्तावना लेखन सम्बन्धमा स्पष्टता ल्याई प्रस्तावना लेखन सीपको विकास गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको थियो ।
तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरेका थिए ।

समन्वय परिषद माइजोगमाई ५ का अध्यक्ष गोविन्दबहादुर राईको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार