पुवामझुवामा अलैची कृषक पाठशाला सम्पन्न

इलामः इलाम नगरपालिका ३ पुवा मझुवामा अलैची खेतीमाउन्नत प्रविधि विस्तार तथन नमुना प्रर्दशन कृषक पाठशाला आज सम्पन्न भएको छ ।
उन्नती समावेशी वृद्धि कार्यक्रमको आर्थिक सहयोगमा स्थानीय कञ्चन दुग्ध उत्पादक सहकारी सस्थाले गत कार्तीक देखि सञ्चालन गरेको पाठशलाको समापनका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा न ३ का वडाअध्यक्ष तिर्थ गुरुङले पाठशालामा गरिएका अभ्यासहरु दिगो कृषिका लागि सहयोग गर्ने बताए ।

पाठशालाका प्रशिक्षक अलैची विकास केन्द्र पान्दमका अलैची विकास अधिकृत लक्ष्मि नारायण शर्माले पाठशालामा अलैची खेती प्रविधि, रोग किरा रोकथाम, अग्यानीक विषादी निर्माणका लागि व्यवहारीक अभ्यास गरेको जानकारी दिए ।
आठ महिना अघि देखी शुरु भएको पाठशालाका सहभागी दिपेन्द्र खत्री, मनिता राई, लोक बहादुर गूरङ, प्रेम कुमारी गुरु र सनतोष राई, चन्द्र खत्री लगायतले पाठशालामा अलैची खेतीको आधुनीक प्रविधिको बारेमा जानकारी पाएको बताए ।

सस्थाका अध्यक्ष केशब थापाको अध्यक्षतामा भएको कार्यक्रममा पाठशालामा किसानलाई अग्र्यानीक विषादी वितरण, नमुना प्लट प्रर्दशन, अग्यानीक विषादी निर्माण लगायतका अभ्यास गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार