ताप्लेजुङका दर्जनभन्दा धेरै गाउँ पहिरोको उच्च जोखिममा पर्दै

ताप्लेजुङ: ताप्लेजुङका दर्जनभन्दा धेरै गाउँमा पहिरोको उच्च जोखिम देखिएको छ । जिल्ला विपत् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले गरेको अध्ययनले जिल्लाका एक दर्जन बढी गाउँ पहिरोको उच्च जोखिममा रहेको देखाएको हो ।साविकको तापेथोक, इखाबु, लिङखिम, फुरुम्बु, हाङदेवा, आङखोप, याम्फुदिन, लिबाङ, थुम्बेदिन, लिङतेप, चाक्सिबोटलगायतका गाविस र फुङलिङ नगरपालिकमा पहिरोको जोखिम बढी रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । पहिरोको जोखिम भएका ठाउँका नागरिकलाई वर्षात्को वेला सजग भएर बस्न विपत् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

पहिरोले गाउँ क्षतविक्षत

ताप्लेजुङमा सदरमुकामनजिकैको हिरेवा, चिनेवा, नाङखोल्याङ, लिङखिम–थिवा, फुरुम्बु, सिनाम, आँङ्खोप, निघुरादिन, फूलबारी याम्फुदिन, तापेथोक, थुम्बेदिनलगायतका पहिरो चर्चित छन् । त्यस्तै सावादिन, लिवाङ, इखाबु, तापेथोक, लेलेपलगायतका ठाउँमा सधैँ साना–ठूला पहिरो गइरहन्छन् । ती ठाउँमा पहिरोले धनजनको क्षति पु-याउँदै आएको छ । पहिरोकै कारण विकास निर्माणमा पनि वाधा पुगेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार