नेपाली भाषामा विश्वकप फुटबलको म्यूजिक भिडियो सार्वजनिक

काठमाण्डौं : नेपालमा पहिलो पटक विश्वकप फुटबलको नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।जेठ ३१ बाट रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि उक्त म्यूजिक भिडियो तयार गरेको हो । नेपाली खेल जगतमा यो पहिलो पटक निर्माण गरिएको विश्वकप फुटबल म्यूजिक भिडियो हो । यो गीतले सारा फुटबल प्रेमीलाई जोडेको छ । यस भिडियोमा सय जना भन्दा बढिले फुटबलप्रति प्रेम देखाएका छन् । निर्देशन समन अधिकारीले गरेका हुन् । ओरिजिनल इन्टरटेन्मेन्ट प्रा.लि.ले एक्सन स्पोर्टस यूट्युव मार्फत सार्वजनिक गरेको हो ।

नेपसोलको शब्द र संगीत शङ्कर थापाको रहेको उक्त गीतको भिडियोमा ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् भने विकास ज्ञावाली छेत्रीको सम्पादन, सुनिल क्षेत्रीको कोरियोग्राफि, प्रताप दास र साथीहरुको स्वर रहेको छ ।

विश्वकप फुटबल डिस होमको च्यानल नम्बर १०५ एक्सन स्पोर्टसमार्फत नेपाली भाषामा प्रत्यक्ष प्रसारण गर्न लागेको हो । प्रतियोगिताको सवै टिमले २३ सदस्यीय टिम घोषणा गरेका छन् ।

सवै टिमका गरी कुल ७ सय ३६ खेलाडीले २१औं संस्करणको प्रतियोगितामा भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

[youtube https://www.youtube.com/watch?v=wUDRe9GnMPo?version=3&rel=1&fs=1&autohide=2&showsearch=0&showinfo=1&iv_load_policy=1&wmode=transparent]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार