नयाँ बुलन्द
इलाम : माथिबाट खसेको ढुङ्गाले लागेर इलामको सिद्धिथुम्कामा एक बालक गम्भीर घाइते भएका छन् ।
स्थानीय कुङखेलुङ खोलामा माछा मार्ने क्रममा माथिबाट खसेको ढुङगाले लागेर इलामको देउमाइ नगरपालिका ७ सिद्धिथुम्काका १० वर्षीय रन्जित राई घाइते भएका हुन् ।
शुक्रबार दिउँसो ३ बजे राईलाई माछा मार्ने क्रममा भीरबाट खसेको ढुङगाले लागेको थियो । घाइते राईको झापाको बिर्तामोडस्थित वी एण्ड अस्पालमा उपचार भईरहेको प्रहरी हवल्दार विजय राइले जानकारी दिए ।