बौद्धधाममा सुमो र भेन ठोक्किदाँ चालकसहित ६ घाइते

नयाँ बुलन्द

इलाम : फिकल पशुपतिनगर राजमार्ग अन्तरगत सुर्योदय नगपालिका ३ स्थित बौद्धधाममा दुई सवारी एक आपसमा ठोक्किदाँ ‍‍चालकसहित ६ जना घाइते भएका छन् ।

शुक्रबार साँझ पौने ६ बजे बिर्तामोडबाट पशुपतिनगरतर्फ जाँदै गरेको मे १ ज २०२७ नम्बरको सुमो र बिपरित दिशाबाट आउँदै गरेको मे १ ज २९६८ नम्बरको भेन एक आपसमा ठोक्किँदा दुवै गाडिमा सवार ६ घाइते भएका हुन् ।

गाडि एक आपसमा ठोक्किदाँ मे १ ज २९६८ नम्बर गाडिका चालक ईलाम सुर्योदय नगरपालिका २ का ६५ वर्षीय धनकुमार ठकुरी घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको छ । त्यसैगरी सोही गाडिमा सवार चितवन रत्ननगर नगरपालिका १५ का ३१ वर्षीया जानुका लामिछाने न्योपाने, उनका पति ३२ वर्षीय राजु न्योपाने घाइते भएका छन् । उनीहरुको खुट्टामा चोट लागेको छ ।

त्यसैगरी मे १ ज २०२७ नम्बर गाडिमा सवार सुर्योदय नगरपालिका २ का ४२ वर्षीया पासाङ बम्जन, सोही ठाउँका ४८ वर्षीया मन्जु प्रधान र ४१ वर्षीया पार्वति प्रधान घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते सबैको झापाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ठोक्किदाँ दुवै गाडिको अगाडिको भाग कुचिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार