सरकारले रोक्यो मलेसिया कामदार पठाउन, यस्तो छ कारण

काठमाडौं । मलेसियाले नेपाली श्रमिकमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने भएको छ। मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्न(पूर्वस्वीकृति) समेत रोक लगाइएको समाचार कान्तिपुरले छापेको छ।

सरकारले याृे बाध्यकारी नीति त्यत्तिकै लिएको होइन। जब मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले रकम असुल्न थाल्यो, त्यतखेरै श्रम बन्त्रालयले परराष्ट्रमार्फत असहमति जनाएको थियो। कमजोर सरकारको असहमतिलाई पुनर्विचार गर्न मलेसियाले आवश्यक ठानेन। श्रमिकलाई मार पर्ने हिसाबले नयाँ नीति बनाउँदै गयो।

तत्कालीन सरकारले कूटनीतिक रूपमा गरेको प्रयास असफल भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया कामदार नपठाउने नीति लिएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार