इलाम : जिल्लाका सरकारी कार्यालयहरुबाट चालु आर्थिक बर्षको बैशाख मसान्त सम्ममा ३१ करोढ बढी राजस्व संकलन भएको छ । कोस तथा लेखा नियन्त्रण कार्यालयले आईतबार पत्रकार भेटघाट गरी चालु आर्थिक बर्षको बैशाख मसान्त्र सम्ममा ३१ करोड ९६ लाख ५० हजार ५ सय ९४ रुपैया राजस्व संकलन भएको जनाकारी दिएको हो ।कार्यालय प्रमुख रविन कोइरालाका अनुसार सबै भन्दा बढी राजस्व संकलन करदाता सेवा कार्यालयले गरेको छ । करदाता सेवा कार्यालले १९ करोड ६३ लाख ९३ हजार ३ सय ६१ रुपैया राजस्व संकलन गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले २ करोड २३ लाख ११ हजार ४ सय ६० रुपैया , यातायात ब्यावस्था सेवा कार्यालयले २ करोड ३० लाख ९० हजार ९ सय ३० रुपैया र पशुपतिनगर भन्सार कार्यालयले ६० लाख ९४ हजार ८ सय १९ रुपैया राजस्व संकलन गरेको छ ।
पशुपतनगर भन्सार कार्यालयले गत बर्षको तुलनामा राजस्व संकलन गर्न नसकेको प्रमुख कोईरालाले बताए । छिमेकी देश भारतमा भएको गोर्खाल्यड आन्दोलन लामो नाकाबन्दीका कारण पशुपतिनगर भन्साले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको प्रमुख कोइरालाले बताए ।
चालु आर्थिक बर्षको जिल्लाको कुल बार्षिक बजेट ७ अर्व ५२ करोड ४२ लाख ७८ हजार २ सय ३९ रुपैया रहेकोमा बैशाख मसान्त सम्ममा ५ अर्व ९९ करोड २ लाख ६२ हजार ५ सय ९३ रुपैया निकासा भैसकेको छ ।
यस्तै चालु तर्फ ५ अर्व ६४ करोड ९५ लाख ४ हजार ५ सय ३९ रुपैया मध्ये बैशाख मसान्त सम्ममा ४ अर्व ६४ करोड ५० लाख ८० हजार १ सय ४३ रुपैया निकासा भएकोे छ भने पुँजीगत तर्फ १ अर्व ८७ करोड ४७ लाख ७३ हजार ७ सय रुपैया मध्ये १ अर्व ३४ करोड ५१ लाख ८२ हजार ४ सय ४९ रुपैया निकासा भईसकेको छ ।
पूँजीगत खर्चका पूर्वाधार विकास तर्फ शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयले ८५ करोड ५८ लाख १२ हजार ५ सय ९८ रुपैया (८०.२८%), डिभिजन सडक कार्यालयले १४ करोड ५२ लाख ४८ हजार ४ सय ४ रुपैया (५६.३८%), खानेपानी तथा सरसफाई किास डिभिजन कार्यालयले ७ कारोड ७९ लाख ४६ हजार ६ सय ९२ रुपैया (९१.७७%),र सिंचाइ विकास डिभिजन कार्यालयले ८ करोड ७९ लाख ११ हजार ९ सय ७७ रुपैया(५१.८१%) रकम खर्च गरीसकेको कार्यालयले जनाएको छ ।
गत बर्षको कुल बार्षिक बजेट ६ अर्व ४४ करोड ३५ लाख २४ हजार ६ सय २६ रुपैया रहेको थियो । कार्यालयका अनुसार इलामका ४ नगरपालिका र ६ गाउँपालिकाले निकासा भएको रकम मध्ये कति खर्च गरे भन्ने जानकारी छैन ।
यो बर्षबाट स्थानीय निकायमा निकासा भएको रकम गर्तबर्षहरु जस्तो काम सम्पन्न नभए फ्रिज हुने छैन । यस्तो रकम स्थानीय तहकै संचीतकोष खातामा जम्मा गरीने छ ।






















































