ताप्लेजुङ : ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ उत्पादन गर्नका लागि भेनियर उद्योग स्थापना भएको छ ।
फुङ्लिङ नगरपालिका–७ मा कन्काइ भेनियर उद्योग स्थापना भएको हो ।एक करोड रुपैयाँभन्दा बढी लगानीमा उद्योग स्थापना गरेको सन्चालक मानबहादुर भट्टराईले जानकारी दिए ।
स्थानीय स्रोत–साधनको प्रयोग गर्दै झापालगायतका जिल्लामा निर्यात गर्ने गरी प्लाइउडको कच्चापदार्थ उत्पादन गर्न सुरु गरिएको छ ।४० जनाले प्रत्यक्ष रोजगारी पाएको सो उद्योगमा मासिक ३० लाख बराबरको कारोबार हुन थालेको जनाइएको छ ।