वर्षायाम सुरु भएसँगै सुरु भयो सडकको दुर्दशा

नरेन इलामेली

माइजोगमाई : करिब चार बर्ष अघि फिक्कल, जोगमाई खोला हाइड्रोपावर हुदै नयाँबजार सम्म सडक जोडिएसँगै आर्थिक समृद्धि र सहज यात्राको कल्पनामा रमाएका थिए नयाँबजार वासी तर हरेक वर्ष वर्षायाम सुरु भएसँगै अभिषाप झै बन्दै गएको छ उक्त सडक वर्षायाम सुरु भएसँगै सडकमा पानी जमेर हिलाम्यै हुँदा सडक आवतजावतमा समस्या हुने गरेको छ।

सडकको व्यवस्थापनका लागि नाली निर्माण पनि नगरिएको हैन तर उचित निकास नहुँदा नालीमा पानी जमेर सडकमै आउने गरेको छ। नालीमा पानी जम्दा सडकलाई त क्षति पुर्याएकै छ अझै स-साना विद्यालय जाने बालबालिकाहरुलाई झनै जोखिम बन्दै गएको छ।

समयमै उक्त समस्या समाधान नभए मानविय क्षति समेत नहोला भन्न सकिन्न। उता फिक्कल गुप्ति नयाँबजार सडकको हालत पनि उस्तै छ। उन्नति समावेशी वृद्धि कार्यक्रम अन्तर्गत डेनमार्क सरकारको सहयोगमा स्तरोन्नति भइरहेको उक्त सडकको स्तरोन्नतिको जिम्मा नागर्जुङ्ग कन्सट्रक्सन प्रा.लि.ले पाएको छ। तर समयमा स्तरोन्नतिको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा हिलाम्य सडकमै संघर्ष गर्न बाध्य छन् ।

यो समय तरकारी र चिया उत्पादनको समय भएपनि सडकको हिलाम्य अवस्थाका कारण सहज ढुवानी गर्न नपाउँदा बर्षेनी लाखौँको तरकारी तथा चिया नष्ट हुने गरेको किसानहरुको गुनासो रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार