आपुर्ति सम्वन्धि शिलवन्दी वोलपत्र आव्हानको सूचना

नेपाल रेडक्रस सोसाइटी
इलाम जिल्ला शाखा

आपुर्ति सम्वन्धि शिलवन्दी वोलपत्र आव्हानको सूचना 
(प्रथम पटक प्रकाशित मिति : २०७५/०१/२७)

ने.रे.सो इलाम शाखावाट संचालित सामुदायिक उत्थानशील परियोजनाको सन् २०१८ को वार्षिक कार्ययोजना अनुसार देउमाई नगर पालिका वडा नं ७ ,८ र ९ सिद्धिथुम्का र जीतपुरको लागि आवश्यक खानेपानी योजना, विद्यालय शौचालय र गोठ सुधार निमार्ण सामाग्रीहरु आवश्यक परेको हुदा इजाजत प्राप्त बोलपत्रदातावाट तपशिल बमोजिमको शर्तहरुको अधिनमा रहि शिलबन्दी बोलपत्र आव्हान गरिन्छ ।

तपशील

१. शिलवन्दी बोलपत्र फारम यो सुचना प्रकाशित भएको मितिले १५ दिन सम्म कार्यालय समय भित्र नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाबाट खरिद गर्न सकिने छ ।
२. शिलवन्दी बोलपत्र खरिद गर्दा चालु आ. व. को लागी नविकरण भएको इजाजत पत्र, कर चुक्ताको प्रमाण पत्र र मूल्य
अभिवृद्धि कर ९ख्ब्त्० मा दर्ताको प्रमाणित प्रतिलिपि पेश गर्नुुपर्ने छ ।
३. शिलवन्दी बोलपत्र फारम तल उल्लेखित दस्तुर बुझाएर यस शाखाबाट प्राप्त गर्न सकिने छ उक्त रकम फिर्ता हुने छैन ।
४. शिलवन्दी बोलपत्र फारम साथ बोलपत्र जमानत वापत कबोल गरेको रकमको बोलपत्र दाताले अर्नेष्ट मनी बापत नगद
वा वैंक जमानी ठेक रकमको २.५ प्रतिशतले हुन आउने रकम यस जिल्ला शाखाको नेपाल बैंक लिमिटेड इलाम शाखामा रहेको च.हि.नं ०४००००२८४४०१ वा नगदै जिल्ला शाखमा जम्मा गरेको सक्कलेै भौचर पेश गर्नुपर्ने छ ।
५. शिलवन्दी बोलपत्र खरिद गर्ने तथा दाखिला गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा भोलिपल्ट कार्यालय खुलेको दिन हुनेछ ।
६. शिलवन्दी वोल पत्रहरुमा मु. अ. कर बाहेकको दर रेट अंक र अक्षर दुुवैमा उल्लेख गर्नु पर्नेछ । अंक र अक्षर विच फरक भएमा अक्षरमा लेखेको दररेटलाई मान्यता दिइने छ ।
७. म्याद नाघि आएको, रित नपुगेको र शर्त राखेको वोलपत्रहरु उपर कुनै कारवाहि हुने छैन ।
८. एक फर्मको नामवाट खरिद भएको बोलपत्र अर्को व्यक्ति वा फर्मवाट दाखिला गर्न पाईने छैन ।
९. शिलवन्दी बोलपत्र स्वीकृत गर्ने नगर्ने र आंशिक रुपमा स्वीकृत गर्ने सम्पुर्ण अधिकार यस शाखामा सुरक्षित रहने छ ।
१०. बोलपत्र स्वीकृत हुने बोलपत्रदाताले अर्नेष्ट मनी र कार्यसम्पादन धरौटी वापत कम्तीमा बोल अंकको १० प्रतिशत रकममा नघट्ने गरी नगद वा बैंक जमानी पेश गरि सम्झौंताको लागी आउनु पर्ने छ ।
११.यस सूचनामा उल्लेख भएका कुराहरु यसै सूचना अनुरुप र उल्लेख नभएका कुराहरु नेपाल रेडक्रसको खरीद नियमावली २०७१ अनुसार हुनेछ ।
१२.यस सम्वन्धी थप कुराहरुको आवश्यक परेमा कार्यालय समयभित्र यस शाखामा सम्पर्क राख्न सकिने छ ।
१३. शिलवन्दी बोलपत्र फारम सङ्क्षिप्त विवरण :
सि. नं वोलपत्र नंं सामानको विवरण   जम्मा रकम रु. मु.अ.कर सहित  टेण्डर फारम दस्तुर
 ०१/२०७४/७५
सिमेन्ट, रड, वाईण्डीङ तार, एच.डी.पी.पाईप, जी.आई पाइप, खानेपानीका फिटिङस र औजारहरु जस्ता गैर स्थानिय सामग्रीहरु
  ९,०८,६१०।९२
 १०००।-
(फिर्ता नहुनेगरि)

वोलपत्र सम्वन्धि विवरण
१) वोलपत्र खरिद गर्ने अन्तिम मिति २०७५।०१।१० गते कार्यालय समय भित्र
२)वोलपत्र वुझाउने अन्तिम मिति र समय २०७५।०१।१० गते दिनको ५ वजेसम्म ।
३) वोलपत्र खोलिने मिति र समय २०७५।०१।११ गते दिनको १ बजे ने.रे.सो को कार्यालयमा ।

नेपाल रेडक्रस सोसाइटी
इलाम जिल्ला शाखा
सामुदायिक उत्थानशील परियोजना
फोन नं. ०२७५२०५२२

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार