रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

मस्को : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ६ बर्षे कर्यकालका लागि पुनः निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा वर्तमान राष्ट्रपति पुटिन भारी मतान्तरले विजयी भएका हुन् ।

पुटिनले ७६ प्रतिशत भन्दा बढी मत पाएको रुसको केन्द्रीय निर्वाचन आयोगले जनाएको बिबिसीले उल्लेख गरेको छ । उनका प्रतिस्पर्धीमा पावेल ग्रुदिनिन, केसेनिया सोब्चाक, भ्लादिमिर झिरिनावस्कीलगायत ७ जना थिए ।

पुटिन चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । उनी राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सन् १९९९ देखि रुसको प्रमुख व्यक्तिको रुपमा रहँदै आएका छन् ।

निर्वाचित भएपछि मस्कोमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै पुटिनले मतदाताले पछिल्ला वर्षमा भएको उपलब्धीको सही मूल्यांकन गरेको बताएका छन् । सन् २०१२ को चुनावमा उनले ६४ प्रतिशत मत ल्याएर विजयी भएका थिए ।

(एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार