किगाली : रुवाण्डामा चट्याङ लागेर दुई दिनयता कम्तीमा १६ जनाको मृत्यु भएको समाचार छ । दक्षिणी रुवाण्डामा भएको सो घटनामापरी अरु दर्जनौँ व्यक्ति घाइते भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।
“शनिबार बिहान ११ बजेतिर प्रार्थना गरिरहेका बेला ४५ जनालाई आकासबाट चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको हो” एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिए ।
त्यस दुर्घटनामा परी अरु पनि कैयौँ घाइते भएका र त्यसमध्ये १४ जनाको मृत्यु भएको न्यारुगुरुका मेयर फ्रान्कोइस आबिटेगेकोले बताए । उनले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको पनि जानकारी दिए।
त्यसबाहेक अन्य दुई जनाको यसअघि शुक्रबार यस्तै चट्याङ लागेर मृत्यु भएको थियो । शुक्रबारको घटनामा अरु १६ जना घाइते भएका थिए ।