नयाँ बुलन्द
इलाम : इलाम सदरमुकाममा चेतनामूलक सडक नाटक ‘८ नम्बर प्रदेश’ प्रदर्शन गरिएको छ । चेतना नाट्य समूहले सोमबार मध्यान्ह ३ बजे नाटक प्रदर्शन गरेको हो । इलाम महेन्द्र रत्न बहुमुखी क्याम्पस रोड विष्णु नविन सालिक छेउमा नाटक प्रदर्शन भएको हो ।
अन्वेश राई, सुवास लुइटेल, कविता लुइटेल, मुना धिताल, सम्झना राई, जीविका लिम्बू, राम आचार्य, मनिषा अधिकारी लगायत कलाकारले अभिनय गरेका थिए । नाटकमा कलाकारहरुले आफ्नो प्रदेशलाई विकसित र समृद्ध बनाइएको सन्देशमूलक अभिनय गरेका थिए ।
प्रस्तुत छ, सडक नाटकका झलकहरु :

तस्विर : राम योङहाङ























































