विपक्षीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना

बन्दुक राख्न पाउनेसम्बन्धी कानूनबमा छलफल गराउन अस्वीकार गरेको भन्दै अमेरिकी डेमोक्र्याट्सले राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामु पल रायनको आलोचना गरेका छन ।

 १७ जनाको ज्यान जाने गरी फ्लोरिडाको एउटा विद्यालयमा गराइएको गोलीकाण्डको भोलिपल्ट उनीहरूले त्यस्तो आलोचना गरेका हुन् । राष्ट्रपति ट्रम्पले विद्यालयलाई सुरक्षित तुल्याउनु आफ्नो प्रशासनको मुख्य प्राथमिकता हुने बताएका छन् ।

तर बन्दुक राख्न पाउनेसम्बन्धी कानूनको समीक्षा गर्नुपर्ने कंग्रेसको माग सम्बोधन गर्न उनले अस्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार