सरीता राई
माङसेबुङ : इलामको माङसेबुङमा जारी पवित्रहाङमा रनिङ महिला गोल्डकप आठौं संस्करण अन्तरगत मंगलबार विवभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । गोल्डकप अन्तरगत छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने र लठ्ठा तान्ने खेल सम्पन्न लगा भएका हुन् ।
छेलो (पक्लुङ) मा शिवानी शेर्मा (भारत) प्रथम भई नगद एक हजार पाँच सय ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र र सुसन शेर्पा (भारत) द्वितीय भई एक हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र हत पारिन् ।
म्युजिकल चियरमा मुना आले मगर (मोरङ) प्रथम भएकी छिन् । उनले नगद एक हजार पाँच सय ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पाइन् प्राप्त गरिन् । हेमा सेलिङ (माङसेबुङ, इलाम) द्वितीय हुँदै एक हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पाइन् ।
हाँडी फुटाउनेमा अन्जना राई (काठमाडौें) प्रथम भई नगद एक हजार ६२ रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
लठ्ठा तान्नेमा माङसे्बुङ युथ सोसाइटीले विजयी भई नगद तीन हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पायो । उपविजेता आयोजक किरात साम्यो हक्चात यक्चुम माङसेबुङले नगद दुई हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पायो । विजेताहरुलाई पुरस्कार वितरण भने बुधबार फूटबलको फाइलन समापनपछि गरिेन आयोजकले जनाएको छ ।
म्याराथुन दौड र फूटबलको फाइनल बुधबार हुँदैछ । म्याराथुनमा प्रथम हुनेले नगद पाँच हजार एक सय ६२, द्वितीय हुनेले चार हजार एक सय ६२, तृतीय हुनेले तीन हजार एक सय ६२ र चौथो हुनेले दुई हजार एक सय ६२ रुपैयाँ मेडल र प्रमाणपत्र पाउँनेछन् ।
फूटबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता माङसेबुङ युथ सोसाइटी माङसबुङ इलाम र लेटाङ फुटबल क्लब मोरङ भिड्ने भएका छन् । फूटबलको विजेताले नगद ६२ हजार एक सय ६२ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार एक सय ६२ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६२ रुपैयाँ प्राप्त गर्नेछन् ।
किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६२ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम माङसेबुङद्वारा आयोजित फूटबलमा इलाम, झापा, मोरङ, सुनसरी र ताप्लेजुङका गरी ८ महिला टीमको सहभागिता थियो ।
माङसेबुङमा २०६७ देखि पवित्रहाङमा महिला गोल्डकप सञ्चालन हुँदै आएको छ ।