नयाँ बुलन्द
इलाम : नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन (युएनटीओ) इलामको अध्यक्षमा पुनः राजेन्द्र चौहान निर्वाचित भएका छन् ।
इलाममा सम्पन्न संगठनको पाँचौ जिल्ला सम्मेलनबाट तेश्रो कार्यकालका लागि चौहान अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सम्मेलनले चौहानको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
समितीको बरिष्ठ उपाध्यक्षमा लेखनाथ खनाल, महिला उपाध्यक्षमा गोमा पोख्रेल, उपाध्यक्षत्रयमा धनबहादुर मगर, डकिन्द्र लिम्बु र उमाकान्त भट्टराई निर्वाचित भएका छन । सचिवमा अर्जुन शर्मा, अर्थ सचिवमा चम्पाददेवी भण्डारी, सहसचिवत्रयमा शेखर निरौला, गंगाप्रसाद दाहाल र राजकुमार खाती रहेका छन् । त्यसैगरी सचिवालय सदस्यमा पुर्ण योङहाङ र देव ठकुरी निर्वाचित भएका छन् ।
कार्यक्रमको अवसरमा इलाम जिल्लामा एकिकृत अखिल नेपाल शिक्षक संगठन स्थापना गर्ने ४ जना संस्थापक सदस्य, सेवा निवृत हुने ९ जना शिक्षक/शिक्षिका, फ्रयाक्सन इन्र्चाज टिकादेवी घिमिरे र माओवादीबाट निर्वाचित हुने इलाम क्षेत्र नं २ को ख का प्रदेसभा सदस्य धिरेन्द्र शर्मा रमणलाई सम्मान गरिएको थियो ।