क्यालिफोर्नियामा पहिरो, १३ को मृत्यु

लस एन्जेलस : क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यो सङ्ख्या अझै बढ्नसक्ने एक प्रेस सम्मेलनमा अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण ठूलो क्षति भएको बताइएको छ । त्यसपछि गएको भीषण पहिरोको कारण १३ व्यक्तिको मृत्यु भएको हो ।

चिसो मौसममा आएको यस आँधीले जनजिवन निकै नै प्रभावित भएको अधिकारीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार