नयाँ बुलन्द
झापा : नेपालका दुई वटा शिविरमा बस्दैआएका शरणागत भुटानीहरुलाई स्वदेश फर्काउन माग गर्दै यहाँस्थित भुटान राष्ट्रिय मेलमिलाप समितिले आइतबार भुटानी राजालाई ज्ञापन– पत्र पठाएको छ ।
सन् १९९० देखि शुरुवात भएको दक्षिण भूटानीहरुको समस्याले अव पनि समाधानको मार्ग नखोजे भुटानको अन्तर्राष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै स्वदेश फर्कन इच्छुक शरणार्थीहरुलाई देश फर्काउन माग गरिएको समितिका अध्यक्ष कृष्णविर तामाङले बताएका छन् ।
समितिले इमेल र हवाई कुरियरको माध्यमबाट राजा जिग्मेकेशर वाङ्चुक र प्रधानमन्त्री छिरिङ्ग तोब्गेलाई त्यस्तो पत्र पठाइएको छ ।
लामो समयदेखि भुटान फर्कन चाहने शरणार्थीहरु खाटी भुटानी भएकाले अव पनि उनीहरुको समस्या सुनवाई नगरे नेपालमा भुटानी शरणार्थीको अवस्था तिव्वतियन शरणार्थीको जस्तो हुने पत्रमा उल्लेख छ ।पत्रमा नेपालमा भुटानी शरणार्थीको बसोवास स्थायी बनाउने तयारी गरिएकाले त्यसले भारतमा तिव्बती शरणार्थी केन्द्र बने जस्तै हुने पत्रमा उल्लेख छ ।
भुटानी शरणार्थीलाई पनि पर्यटकको आकर्षण बनाउन खोजिएकाले यसले भुटानलाई नराम्रो असर पार्ने हुँदा भुटान सरकारले त्तत्काल कदम चाल्नु पर्ने समितिको प्रेसित पत्रमा उल्लेख गरिएको छ ।






































































