नयाँ बुलन्द
झापा : नेपालमा रहेका भुटानी शरणार्थीहलाई स्वदेश फिर्तीका लागि पहल गर्न माग गर्दै यहाँका शरणार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र पठाएका छन् ।
भुटान राष्ट्रिय मेलमिलाप समितिका अध्यक्ष कृष्णविर तामाङले सोमबार विज्ञप्ति जारी गरि दुवै देशका प्रधानमन्त्रीलाई इमेल पठाएर शरणार्थीको स्वदेश फर्कन पाउने अधिकारलाई सहयोग पुर्याँईदिन आग्रह गरेका हुन् । शरणागत भुटानीहरुले २५ वर्ष लामो समय बितिसक्दा पनि आफनो स्वेदश फर्कन पाउन नसकेको भन्दैं अव स–सम्मान स्वदेश फिर्तीको पहलका लागि सहयोग पुर्याँइदिन माग गरिएको समितिका अध्यक्ष घलेले जानकारी दिए ।
समितिले लामो समयदेखि भारत र भुटानबीचको सम्बन्ध राम्रो भएकाले भुटानी शरणार्थीको मामिलालाई समेत उचित पहल कदमी चाल्न आग्रह समेत गरिएको विज्ञप्तिमा जनाईएकोछ । पत्रमा मानवअधिकारको रक्षाका निम्ति भए पनि भारत सरकारले नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय देशका समन्वयमा स्वदेश फर्कन चाहने भुटानी शरणार्थीलाई देश फिर्तीको नैसर्गिक अधिकारलाई कार्यान्वयन गर्न आग्रह गरिएको समितिका अध्यक्ष घलेले बताए ।
यसैवीच भुटानी शरणार्थी शिविर वेलडाँगीमा स्वदेश फिर्तीको माग गर्दै व्यानर, पम्प्लेट सहित सरोकारवाला निकायका उच्च पदाधिकारीको ध्यानाकर्षण गरिएको जेष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता तथा सहसंयोजक सन्तविर घलेले बताए । विश्व मानव अधिकार दिवसको अवसर पारेर आइतबार शिविरमा आयोजित कार्यक्रममा शिविरका पूर्व सचिवहरु सञ्चहाङ्ग सुव्बा, युवराज राई, धनविर सुव्बा, नारदमुनी सन्यासी, हर्कजंग सुव्बा, चिरञ्जीवि राई र राजमान गुरुङ्गलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा मानव अधिकार र लैंगिक विभेद विषयमा नाटक, गीत, नृत्य समेत प्रस्तुत गरिएको थियो ।