माङसेबुङ मासिक दोस्रो वर्षमा (फोटो फिचरसहित)

  सृष्टी लिम्बू
0 Shares

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष राम योङहाङ । तस्विर : नयाँ बुलन्द


माङसेबुङ : पश्‍चिमी इलामको माङसेबुङबाट प्रकाशन भइरहेको माङसेबुङ मासिक म्यागजीनको दोस्रो वर्षमा प्रवेश गरेको छ । गतवर्षदेखि प्रकाशन प्रारम्भ भएको जिल्लाकै एकमात्र रङ्गीन म्यागजीनको वार्षिकोत्सव कार्यक्रम १२ मंसिरमा माङसेबुङमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष राम योङहाङको प्रमुख आतिथ्यता र किरात चोलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका सचिव शक्तिकुमार साँवाको विशेष आतिथ्यतामा भएको वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथी योङहाङ, विशेष अतिथी साँवा, स्तम्भकार आङबुहाङ अबोध अबिरल, लिङदेन आत्मानन्द सेईङ बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङदेन, किरात साम्यो नालीफुङवा मुजोलुङ पान्जुम्भो अध्यक्ष दिपक तिगेला,  नरेन्द्र वनेम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उनीहरुले माङसेबुङ मासिक आवाज विहीनहरुको वास्तविक आवाज बन्न सफल भएको भन्दै थप सफलता र प्रगतिको शुभकामना दिएका थिए । समाजका सीमान्तकृत, उत्पिडीत र आवाज विहीनहरुको प्रतिनिधत्व गर्दै समाज परिवर्तनमा सञ्‍चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै वक्ताहरुले माङसेबुङ मासिकले त्यसको प्रतिनिधसत्व गर्न सुझाव दिएका थिए । कार्यक्रममा माङसेबुङ मासिकको टिमसहित विभिन्‍न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रमका अवसरमा नियमित स्तम्भकारहरुलाई मिम्जीरेन मिक्तोक र विशेष प्रतिनिधिलाई प्रसशांपत्र प्रदान गरिएको थियो । माङसेबुङ मासिकका नियमित स्तम्भकारहरु आङबुहाङ अबोध अविरल, रमेश तुम्बापो, जितेन पन्धाक, डिबी लिङदम, धनबहादुर फागो, वनेम बिक्रम फागो, कमन देवान, सेसेमी से नाल्बो र सन्तोष नेम्वाङ तथा राशिफलका स्तम्भकार ललित चन्द्र फियाकलाई मिम्जीरेन मिक्तोक (मायाको चिनो) प्रदान गरिएको थियो । त्यस्तै विशेष प्रतिनिधि दुर्गाहाङ लावतीलाई प्रंसशा पत्रले सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष राम योङहाङले मिम्जीरेन मिक्तोक र प्रसंशापत्र प्रदान गरेका थिए ।

त्यस्तै सो कार्यक्रममा प्रमुख अतिथी योङहाङलाई समेत माङसेबुङ मासिकका तर्फबाट मिम्जीरेन मिक्तोक (मायाको चिनो) प्रदान गरिएको थियो । योङहाङलाई कार्यक्रमका अध्यक्ष तथा माङसेबुङ मासिकका सम्पादक सरस्वता आङबुहाङले मिम्जीरेन मिक्तोक प्रदान गरेका थिए ।

माङसेबुङ मासिकका व्यवस्थापक सुनिल सेर्माले सञ्‍चानल गरेको कार्यक्रमको स्वागत मन्तव्य सहसम्पादक आन्छुमे नसान र धन्यावाद मन्तव्य ज्ञानु केदेमले गरेका थिए । कार्यक्रम रेडियो माङसेबुङको सभाहलमा भएको थियो । माङसेबुङ मासिकको प्रकाशन धनबहादुर थेवे (निवाहाङ) रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार