आत्मानन्द गोल्डकप : सगरमाथा फाइनलमा

निरज माबोहाङ

माङसेबुङ : सगरमाथा क्लब मोरङ इलामको माङसेबुङमा जारी आत्मानन्द रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबारको पहिलो सेमीफाइनलमा रेडहर्ष इलामलाई ४-२ गोलको अन्तरले पाखा लगाउँदै सगरमाथाले अन्तिम दुईको स्थान सुरक्षित गरेको हो । सगरमाथाले अब उपाधिका लागि शुक्रबार हुने लेटाङ फूटबल क्लब मोरङ र सर्वोत्तम यासोकबीचको विजेता टिमसँग आइतबार प्रतिष्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगिताका विजेता टिमले नगद एक लाख पाँच हजार ६४ र उपविजेता टिमले ७५ हजार ६४ रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् । स्थानीय माङसेबुङ खेलमैदानमा जारी प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेन लिङदेनको ६४ औँ जन्मोत्सवको अवसरमा १८ मसिंरमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक स्थलको रुपमा रहेको माङसेबुङमा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा ०६५ देखि बर्सेनि गोल्डकप सञ्चालन हुँदै आएको छ । लिङदेनको जन्मोत्सवमा राष्ट्रका प्रतिष्ठित व्यक्तिहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिस, पार्टीका नेता तथा मन्त्रीहरुको उपस्थिती रहने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार