नयाँ बुलन्द
दक्षिण कोरिया : लिम्बु समुदायको जातिय संस्था किराँत याक्थुङ चुम्लुङ ( कियाचु ) दक्षिण कोरियाले त्यहाँ आफनो संगठन बिस्तार गरेको छ ।
चुम्लुङले हालै गजे,बुसान,मासान,किम्हे,छाङ्वन,हामान, जिन्जु,र्मियाङ,याङ्सान लगायतका क्षेत्रमा कार्यरत याक्थुङ समुदायहरुलाई समेटेर त्यहाँ क्षेत्रीय शाखा बिस्तार गरिएको जनाएको छ ।
भेलाले किरणसुन्दर कन्दङवाको अध्यक्षतामा किराँत याक्थुङ चुम्लुङको क्षेत्रीय शाखा गठन गरिएको कियाचु दक्षिण कोरियाका अध्यक्ष सुन्दरदिप आङदेम्बेले जानकारी दिए । उनले दक्षिण कोरियामा कार्यरत लिम्बु समुदायहरुको छाता संस्थाको रुपमा चुम्लुङलाई सक्रिय बनाउने उद्देश्यका साथ शाखा विस्तार गरिएको बताए ।
१५ सदस्यीय गठित क्षेत्रीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र पालुङ्वा,उपाध्यक्षत्रयमा घनेन्द्र नेम्वाङ,निस्मा सम्बाहाम्फ ,ज्ञानेन्द्र मादेन, सचिवमा सरोज सेराङ् , सहसचिबमा डम्बर पायाङ्गु ,कोषाध्यक्षमा डिल्ली राम याक्पाङ्देन र सह–कोषाध्यक्षमा सोना सेन्दाङ् चुनिएका छन् । त्यस्तै सदस्यहरुमा बिक्रम धराप सुहाङ ,बिक्रम नेम्वाङ , कृष्ण किराँती ,नैनसिं खापुङ , मिलन लिम्बु र दिलहाङ् शेर्मा लगायत रहेका छन् ।