माङसेबुङ गोल्डकपलाई इलाम समाज हङकङको सहयोग

नयाँ बुलन्द

माङसेबुङ : किरातीहरुको महान चार्ड उधौंली (चासोक तङनाम/साकेला/चासुवा/फोलस्यादर)को अवसमा आयोजजन हुन लागेको प्रथम माङसेबुङ गोल्ड कपलाई इलाम समाज हङकङले आर्थिक सहयोग गर्ने भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–२ स्थित सुनुयुमा विकास संस्थाको आयोजनामा हुन लागेको प्रतियोगीताका लागि इलाम समाज हङकङले सहयोग गर्ने भएको हो । आयोजक संस्थाका अध्यक्ष उत्तरबहादुर योङहाङका अनुसार इलाम समाज हङकङले प्रतियोगीताको उपविजेताले पाउँने नगद पुरस्कार २५ हजार रुपैयाँ इलाम समाज हङकङले प्रदान गर्ने भएको हो ।

आफ्नो जिल्लामा हुन गइरहेको फुटबल प्रतियोगीतामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै इलाम समाज हङकङका अध्यक्ष वसन्त विपिनले यो प्रतियोगीताले फुटबल खेलको बिकासमा योगदान पुर्याउने आशा गरेको प्रतिकृया दिए । इलाममा जन्मेर हङकङलाई कर्मथलो बनाएका इलामेलीहरुको संस्था इलाम समाज हङकङले इलाम जिल्लामा हुने विभिन्न सामाजिक कृयाकलापहरुमा सहयोग प्रदान गर्दै आएको छ ।

पहिलो पटक हुन लागेको माङसेबुङ गोल्ड कप मंसिर ७ गते सुरु हुने छ भने फाइनल खेल मंसिर १७ गते किरातीहरुको महान चार्ड चासोक तङनाम/साकेला/चासुवा/फोलस्यादर)को दिन सम्पन्न हुने छ । प्रतियोगीतको विजेताले नगद ५० हजार सहित ट्रफि, म्याडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टीमले नगद २५ हजार सहित ट्रफि, म्याडल र प्रमाणपत्र पाउनेछ । उपविजेता टीमले प्राप्त गर्ने नगद राशी भने इलाम समाज हङकङले प्रदान गर्ने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार