नयाँ बुलन्द
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा राजेन्द्र विक्रम खजुमको अध्यक्षतामा गाउँपालिका स्तरीय खेलकुद समिति गठन भएको छ । बिहीबार भएको भेलाले खजुमको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।
समितिका उपाध्यक्षमा मदन राई, सचिवमा धड्कन सङबाङफे, सहसचिवमा कुमार राई र कोषाध्यक्षमा धनजीत मुखिया चयन भएका छन् ।
सदस्यहरुमा लक्ष्मी कार्की दर्जी, दिलु साँवा, प्रनिस राई, छत्रमाया माबोहाङ, प्रविन लिम्बू, नविन राई, पूर्ण योङहाङ, सूजा राई, कुमार राई र सन्तोष राई रहेका छन् ।