नयाँ बुलन्द
दक्षिण कोरिया : इलाम सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन नोभेम्बर ११ मा नेपाल अाउसमा हुँदैछ । ३ वर्ष अघि कोरियामा रहेका ईलामेलीहरुद्वारा विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्ने उदेश्यका साथ भएको ईलाम सुर्योदय सेवा समाजको दोस्रो अधिवेसन हुन लागेको हो ।
समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका हरेक संघ संस्था संग सहकार्य, समन्वय, आपासी सरसहयोग, दैवीप्रकोप, बिरामी, आपतविपत, अनाथ, अपाड्गहरुका लागि सहयोग गर्नुका साथै खेल क्षेत्रमाप समेत सहभागिता जनाउँदै आएको छ ।
प्रबासमा सबै ईलामेलीहरुको माझ एकता, सदभाव, एक अर्काका समस्यामा पनि पारस्परिक सहयोग पुगोस् भनी कोरियामा रहेका सबै ईलामेलिहरुलाई संगठित हुन संस्थाले अनुरो समेत अनुरोध छ । ईलाम सुर्योदय सेवा समाजको अधिवेसनलाई भव्यताका साथ सफल बनाउनको लागि कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु साथै कोरियामा रहेका सबै ईलामेलीहरुलाई उपस्थितीका लागि समाजले अपिल समेत गरेको छ ।