मलेसियामा दुर्घटना हुँदा ८ जनाको मृत्यु

नयाँ बुलन्द

मलेसिया  : मलेसियामा आज बिहान भएको सवारी दुर्घटनामा ८ कामदारको मृत्यु भएको छ । २३ भन्दा बढी घाईते भएका छन् । कामदार बोकेका दुई बस र एक भेन आपसमा जुध्दा सो दुर्घटना भएको मलेसियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बहुराष्ट्रिय कम्पनी सोनीका कामदार बोकेको बस र प्लेक्सस कम्पनीका कामदार बोकेको बस जुध्दै पुन भेनसंग ठोक्किएका थिए । दुर्घटनामा मृत्यु भएकाको पहिचान नभएको मलेसियाली प्रहरीले जनाएको छ । यद्यपी मृत्यु हुनेमा अधिकांश बिदेशी कामदार रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

दुबै कम्पनीमा नेपाली, ईन्डोनेसियन, फिलिपिन्स तथा बंगलादेशी कामदार कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार