नरेन इलामेली
माईजोगमाई : ५ वर्ष अगाडी फिक्कल जोगमाई खोला हाइ्ड्रोपावर हुदै नयाँबजारसम्म मोटरबाटो जोडिँदा निक्कै हर्षित बनेका थिए माइजोगमाई-१ नयाँबजारवासी । गाउँघरबाटै आरामदायी यात्राका साथ हिँडडुल गर्न पाउने र उत्पादित कृषि उपजलाई सहजै बजार सम्म लैजाने सपना देखेका थिए स्थानीयवासीले । तर पछिल्लो समय सडकमा जमेको पानीका कारण सडक हिलाम्यै हुन थालेपछि सडक आवतजावत गर्न समेत मुस्किल हुन थालेको छ।
केही महिना अगाडी जोगमाई खोलामा संचालित जोगमाई खोला साना कलविद्युत आयोजना र स्थानियवासीको संयुक्त पहलमा सडक विस्तार गरिएसँगै अझ बढि हर्षित बनेका थिए नयाँबजारबासी । तर सडक बिस्तार गरिए लगतै परेको र्षाका कारण अधिकांश ठाउँमा पानी जमरे रोपाईं गर्न लागेको खेत झैँ बनेको छ यतिबेला सडक। दैनिक कसमका लागि हिडडुल गर्ने मानिस, विद्यार्थी र सवारी साधन आवतजावतमा मुस्किल पर्न थालेको छ । ज्यानै जोखिममा राखेर यात्रा गर्नु पर्ने बध्यता रहेको छ।सडकको अवस्था बिग्रँदा आवतजावतमा समस्या भएको र समयमा कहल्यै गन्तब्यमा पुग्न नसकेको स्थानीय एक सवारी चालकले बताए ।
उनले भने, ‘बाटो सहज हुदा २ घण्टामा नयाँबजारबाट फिक्कल पुगिन्छ तर अहिले त ५ घण्टामा समेत पुग्न मुस्किल पर्छ । ठाउँठाउँमा गाडी भासिन्छ, निकाल्न घण्टौँ लाग्छ, कतिदिन त सडक मै रात काट्नुपर्छ। यो सडकबटा दैनिक चिया तथा सागसब्जीहरु ढुवानी हुन्छ तर सडकको बिग्रँदो अवस्थाका कारण समयमा गन्तब्यमा पुग्न नसक्दा सागसब्जीहरु कुहिएर नष्टहुने स्थानीय व्यापारीहरु बताउँछन् ।
सडकको यस्तो अवस्थाले सवारी चालक र व्यापारीहरु मात्र हैन स्थानिय तथा वाह्य पैदलयात्री र विद्यार्थीलाई समेत प्रत्यक्ष प्रभावित बनाएको छ। सडक सहज हुँदा विद्यार्थीहरु आफैं विद्यालय आउने जाने गरे पनि सडकमा पानी जमेर हिलाम्यै हुँदा विहान बेलुका काम छोडेर भएपनि नानीहरुलाई विद्यालय ओहोरदोहोर गराउनु पर्ने बाध्यता रहेको प्रेमेजुङ्ग एकाडेमीमा नानी पढाउँदै आएका एक अभिभावकले दुखेसो पोखे ।
केही समय अगाडी गाउँपालिकाको पहलमा सडक मर्मतका लागि स्काभेटर नलगाएको पनि होइन । तर उक्त काम प्रभावकारी बन्न नसक्दा स्थानियवासीलाई झनै सकस परेको छ। सडकमा थुप्रिएको हिलो स्काभेटर लगाएर सडक किनारमा थुपारिँदा पैदलयात्रीलाई समेत आवतजावत गर्न समस्या परेको छ। नयँबजार फिक्कल जोड्ने सबै भन्दा छोटो सडक बिग्रँदा जनजीवन समेत कष्टकर बनेको छ भने कष्टकर यात्रा भन्दा पैदलयात्रा नै अधिकांशको रोजाईमा पर्न थालेको छ।