नयाँ बुलन्द
झापा : अन्तर्राष्ट्रिय झापाली समाजको अध्क्षमा दिनेशकुमार पोखरेल चयन भएका छन् . आगामी दुई बर्से कार्यकालका लागि सर्वसम्मत निर्वाचित पोख्रेल समाजका संःथापक सदःय तथा झापा,कनकाई नगरपालिका–७ दुर्गापुरका ःथायी बासिन्दा हुन् . उनी एक दशक बढी समय देखि अष्टे«लियामा बःदै आएका छन् ।
विर्तामोडमा बुधबार समाजले पत्रकार सम्मेलन गरि पोख्रेलको अध्यक्षतामा निर्वाचित कार्यसमिति घोषणा गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा हङकङ निवासी छत्र सुब्बा ,उपाध्यक्षह?मा मध्यपूर्वका दिपकप्रसाद ओली, युरोपका ललितकुमार न्यौपाने, अष्टे«लियाका ?पराज मैनाली, अमेरिकाका प्रमोद सिटौला, कोरियाका राजु सन्तोषी थापा र प्रेम कार्की रहेका छन् . महासचिवमा मध्यपूर्वका रोहितकुमार भण्डारी, सचिवमा भुपाल सिटौला र कोषाध्यक्षमा बालहरि राई चयन भएको जनाईएको छ ।
यसैगरि समाजको सदःयह?मा युएईका जगन्नाथ लुइँटेल, युकेकी रोमिया लिम्बू, इजरालयकी सावित्रा लुइँटेल घिमिरे र हङकङका हेमकुमार लावती चुनिएका छन् । दुइृ दिनसम्म चलेको पहिलो महाधिवेशनमा विभिन्न १८ मुलुकमा बसोबास गर्ने १ सय ५० बढी प्रवासी झापालीह?को सहभागिता थियो । करिब आठ महिना अगाडि बिर्तामोड घर भई अष्टेलिया निवासी भवानी ओलीको संयोजकत्वमा अन्तर्राष्ट्रिय झापाली समाजको तदर्थ समिति गठन भएको थियो ।
‘समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ नाराका साथ सम्पन्न महाधिवेशनको समापनमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली, सांसदद्धय अमृतलाल राजवंशी, मनकुमार गौतम, बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, भद्रपुर नगर प्रमुख जीवन श्रेष्ठ, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।