सिओल : दक्षिण कोरियामा कार्यरत एक नेपाली युवाले आत्महत्या गरेका छन्।
कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहले गुल्मीका कमल कार्कीले सोमबार आत्महत्या गरेको जानकारी दिए । उनले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको राजदूत सिंहले बताए।
यसैगरी, कोरियामै कार्यरत गुल्मीकै अर्का युवा ऋषिराम भण्डारीको पनि सोमबार हृदयघातबाट मृत्यु भएको छ। मृतकहरुको सम्पूर्ण विवरण आउन बाँकी रहेको राजदूत सिंहले जानकारी दिए।