विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यस वर्षको फिफा वर्ष खेलाडीको लागि शुक्रबार अन्तिम तीन जनाको नाम सार्वजनिक गरेका छन् । फिफाले सार्वजनिक गरेको वर्ष खेलाडीमा पोर्चुगल तथा रियल म्याड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डो, बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र ब्राजिल तथा पिएसजीका नेयमार अन्तिम तीनको सुचीमा परेका छन् ।
फिफा वर्ष खेलाडीको घोषणा लण्डनमा अक्टोवर २३ तारिखमा हुदैछ । मेसीले अहिलेसम्म पाँच पटक र रोनाल्डोले चार पटक यो अवार्ड जितिसकेका छन् । नेइमारले भने अहिलेसम्म अवार्ड जित्न सकेका छैनन्।
अन्य विधाको मनोनयन
महिला खेलाडी
डेएना कास्टेलानोस (भेनेजुएला) – फ्लोरिडा
कार्ली लोयड (अमेरिका) – म्यानचेस्टर सिटी
लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना
पुरुष प्रशिक्षक
मासिमिनियानो एलेग्री (इटाली) – युभेन्ट्स
एन्टोनियो कोन्टे (इटाली) – चेल्सी
जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड
महिला टिमको प्रशिक्षक
लिन्स नेलेसेन (डेनमार्क) – डेनमार्क राष्ट्रिय टिम
जेरार्ड प्रेचेउर (फ्रान्स) – ओलम्पिक लियोनास
सारिना विग्मान (नेदरल्यान्ड्स) – नेदरल्यान्ड्स राष्ट्रिय टिम
गोलकिपर
बुफोन (इटाली) – युभेन्ट्स
केलर नाभास (कोस्टारिका) – रियल म्याड्रिड
म्यानुयल नेउर (जर्मनी) – वायर्न म्युनिख
पुस्कस अवार्ड
केभिन प्रिन्स बोएटिङ – लास पालमास
अलेजेन्द्रो कामार्गो – युनिभर्सिडाड
डेना कास्टालानोस – भेनेजुएला यू–१७
माउसा डेम्बेले – सेल्टिक
ओलिभर जिरुड – आर्सनल
एभिलेस हार्टाडो – जिजुएना जोलोस
मारियो मिन्जुकिक – युभेन्ट्स
अस्कारिन कासुलुके – कारेका एफसी
नेमेन्जा माटिक – चेल्सी
जोर्डी एमबोउला – बार्सिलोना यू–१९
फ्यान अवार्ड
बोरुसिया डर्टमुन्ड समर्थक
सेल्टिक समर्थक
एफसी कोपेनहगेन समर्थक