अमेरिकाको धम्कीपछि भेनेजुयलाका नागरिकले लिए सैन्य तालिम

काठमाडौं : अमेरिकाले आक्रमण गर्ने धम्की दिएपछि भेनेजुयला सरकारले आम सर्वसाधारण नागरिकलाई हतियार चलाउने तालिम दिएको छ । अमेरिकाले लगाएको प्रतिवन्ध र डोनाल्ड ट्रम्पले दिएको धम्की लगत्तै भेनेजुयलाले सर्वसाधारण नागरिकलाई सैन्य तालिम दिएको हो ।

सेनाले बृद्धवृद्धा, युवायुवती सबैलाई राइफल, मिसाइल लगायतका हतियार चलाउने दुई दिने तालिम दिएको छ । राष्ट्रपति निकोलस मादुरोको निर्देशन अनुसार सैन्य अभ्यास गरिएको बीबीसीले लेखेको छ । युद्धक विमान, ट्यांक र नेशनल बोलिभियन आर्मीका दुई लाख सैनिकका साथ सात लाख रिजर्विस्ट र आम नागरिकले भाग लिएका छन् ।

अभ्यासनको क्रममा राइफलबाट सही निशाना लगाएकी ६० वर्षीया महिला एरिका एवेनदानोले भनिन्, ‘यांकिज आउट ।’

उनले थप भनिन्, ‘म आशा गर्दछु कि केही नहोस् तर हामी सबै प्रकारले तयारी अवस्थामा छौं ।’

सैनिकबाट बन्दुक चलाउने तालिम पाएपछि तीन बच्चाका बुवा २३ वर्षीय ग्रेगोरियो वाल्देरामाले भने, ‘आफ्नो देश र परिवारको रक्षा गर्न सिकिरहेका छौं । हामी शायद राइफल चलाउन वा गोली हान्न जान्दैनौं तर सिकिरहेका छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार