उत्तर कोरियाबारे अमेरिकाको बोली फेरियो

सोल : मिसाइल कार्यक्रमलाई लिएर बढ्दो तनावका बीच अमेरिकाले आफू उत्तर कोरियाको सत्रु नभएको दाबी गरेको छ । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले आफूहरू उत्तर कोरियासँग कुराकानीका लागि तयार रहेको बताएको छ ।

‘हामी उत्तर कोरियामा सत्ता परिवर्तनको पक्षमा छैनौं, टिलर्सनले भने, उत्तर कोरियामा आफ्नो सेना पठाउने कुनै बहाना पनि हामीलाई चाहिएको छैन ।’ उनले उत्तर कोरियाका कारण खतरा पैदा भएको निष्कर्षमा आफूहरू पुगेको बताए ।‘हामी तपार्इंहरूको दुस्मन होइनौं, हामी तपाईंहरूको लागि खतरा पनि छैनाैँ, उत्तर कोरियाप्रति लक्ष्य गर्दै टिलर्सनले भने, ‘तर तपाईंहरू अभूतपूर्व तरिकाबाट हाम्रा लागि खतरा बन्दै हुनुहुन्छ र हामीले यसमाथि कारबाही गर्नैपर्ने हुन्छ ।’

उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहादेशीय मिसाइल परीक्षण गरेपछि अमेरिका झस्किएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले परमाणु कार्यक्रमलाई अब पनि अघि बढाए उत्तर कोरियासँग युद्ध हुने बताएको रिपब्लिकन सांसद लिन्डसे ग्राहमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई जारी राखेको छ ।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार