अमेरिकामा २५ सय तेस्रोलिंगी सैनिकमा

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रोलिंगीलाई अमेरिकी सेनामा कुनै पनि भुमिका दिन आँफु तयार नरहेको बताएका छन् । अमेरिकी सेनाका जनरल र सैन्य बिशेषज्ञहरुसँगको परमार्शपछि आँफु यो निर्णयमा पुगेको उनको भनाई छ । ट्वीटरमा श्रृखंलाबद्ध ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले तेस्रोलिंगीलाई अमेरिकी सेनामा भुमिका दिएर व्यवधान सिर्जना गर्ने पक्षमा आँफु नरहेको वताए । उनले अमेरिकी सेना सदैव जितमा केन्द्रित रहनुपर्ने भन्दै तेस्रोलिंगीलाई भुमिका दिँदा त्यो कमजोर हुने तर्क गरेका छन् ।

तत्कालिन राष्ट्रपति बाराक ओबामा नेतृत्वको सरकारले तेस्रोलिंगीलाई अमेरिकी सेनामा नेतृत्व गर्ने बाटो खुला गरिदिएको थियो । तर ट्रम्पले फेरि त्यसमाथि प्रतिबन्ध लगाउने बताए । पछिल्लो बर्षको तथ्याकं अनुसार अमेरिकामा करिव २५ सय तेस्रोलिंगी सकृय सैनिक समुहमा छन् भने १५ सय रिजर्भ सैनिक समुहमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार