गोर्खाल्यान्ड आन्दोलनमा थप १ को मृत्यु

दार्जिलिङ : दार्जिलिङमा जारी अलग प्रान्त गोर्खाल्यान्ड आन्दोलनका क्रममा थप एकजना आन्दोलनकारीको मृत्यु भएको छ । आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या महिना दिनभित्र आठ पुगेको छ ।

मिरिकमा सोमबार अपरान्ह तृणमूल कंग्रेस र गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताबीच कुटाकुट भएको थियो । सामान्य विवादले उग्ररुप लिएपछि प्रहरी गोली चलाउन बाध्य भएको थियो । प्रहरीको गोलीबाट मोर्चाका कार्यकर्ता मगरजोङ चिया कमान क्षेत्रका आशिष तामाङको मृत्यु भएको मोर्चाले पुष्टि गरेको छ ।

समाचार स्रोतका अनुसार सोमबार रातिदेखि नै मिरिकको स्थिति तनावपूर्ण छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार