कोरियाली नेपालीद्वारा आर्थिक सहयोग

विराटनगर : दक्षिण कोरियामा कामको क्रममा मृत्यु भएका उमेशचन्द्र पौडेलका परिवारलाई डेउ नेपाली एकता समाज गजिदो दक्षिण कोरियाले विराटनगरमा आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले विराटनगरमा पत्रकार सम्मेलन गरी उमेशचन्द्र पौडेलको छोरीको पठनपाठनका लागि ११ लाख ६४ हजार तीन सय रूपैयाँ सहयोग गरेको हो । विराटनगर वरगाछीका  पौडेलको कोरियामा कामगर्ने क्रममा गत वैशाखमा मृत्यु भएको थियोे ।

उनी एक वर्षदेखि कोरियामा काम गर्दै आएका थिए । पाँच वर्षीया छोरी युनिसाको पाठनपाठनमा केही मद्धत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको समाजका सचिव चन्द्र साङपाङले  बताए ।  सचिव साङपाङले उमेश पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई बैंक भौचर प्रदान् गरेका थिए । सो रकम विराटनगरस्थित नेपाल वैंकको मुद्धती खातामा जम्मा गरिएको जनाइएको छ । कोरियामा कार्यरत पाँचसय नेपालीबाट सो रकम संकलन गरिएको हो ।

त्यहाँका नेपालीहरुलाई समस्या पर्दा संस्थाले रकम जुटाउने गरेको छ । एक वर्ष अघि संस्थाको स्थापना भएको हो । संस्थाले धुर्मुस सुन्तली फाण्डेसनलाई मुसहर वस्ती निर्माणाका लाग समेत सहयोग गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार